सुनसरीमा कारमा राखेर ब्राउन सुगर तस्करी गर्ने सप्तरीका पाँच जना पक्राउ ।

0
273

शुभ नारायण यादव ।
सप्तरी, २६ साउन।
सुनसरीमा कारमा राखेर ब्राउन सुगर तस्करी गर्ने सप्तरीका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट प्रहरीले सप्तरीका पाँच युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा न।–१४ रम्पुरा मल्हनियाका २० वर्षीय अमोद कुमार यादव, तिलाठी कोइलाडि गाउपालिका वडा न।४ का २० वर्षीय ईनर कुमार मुखिया, हनुमाननगर कङकालिनि नगरपालिका वडा न।–१४ रम्पुरा मल्हनियाका २४ वर्षीय विनोद कुमार कामत, तिलाठी कोइलाडि गाउपालिका वडा न।–४ का १९ वर्षीय रमेश मुखिया र कार चालक सोहि वडाका २२ वर्षीय फूल कुमार मुखिया रहेका छन् ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले कारमा सवार पाँच जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पश्चिमबाट आउँदै गरेको बा १४च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार पाँच जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट १३० ग्राम ब्राउन सुगर फेला परेको थियो ।

ब्राउन सुगर फेला परेपछि थप अनुसन्धानको लागि कारसहित पाँचै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here