ईश्वरपुर नपामा खाल्टोबजारमा सामुदायिक भवनको महतोद्वारा उद्घाटन ।

0
229

ईश्वरपुर,२६ साउन ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–८, खाल्टोबजारमा निर्माण भएको सामुदायिक भवनको मंगलवार उद्घाटन गरिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको लागतमा निर्माण भएको सामुदायिक भवनको सर्लाही क्षेत्र नं
. १ क का प्रदेश सभा सदस्य उपेन्द्र महतोले उद्घाटन गरेका हुन् । सामुदायिक भवनमा बैठक, छलफल, अन्तरकृया लगायतका सामाजिक काममा प्रयोग गरिने छ । भवनको रेखदेख श्री शुभ लक्ष्मी युवा क्लवले गर्नेछ।
कार्यक्रम श्री शुभ लक्ष्मी युवा क्लवका अध्यक्ष राम करण चौधरीको अध्यक्षता तथा प्रदेश सांसद महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा क्लवको तर्फबाट प्रदेश सांसद महतोलाई वहाँले गर्नुभएको योगदानको उच्च मुल्याकंन गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ। त्यस्तै भवन निर्माण समितिका अध्यक्ष बृजनन्दन राउतलाई पनि कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरिएको छ। भवन उद्घाटन समारोहमा नागेश्वर महतो, राम दुलार साह, दिनेश ठाकुर, तपेश्वर महतो, जिनिस महतो, मदन साह, सोनेलाल साह, निलाम्बर राउत, राम केवल साह, जागेश्वर चौधरी, रमन पास्वान, शिकिन्दर मण्डल लगायतको आतिथ्यता रहेको थियो । सभार तराई एक्सपे्रस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here