आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ।

0
222


रौतहट ३० साउन ।

आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले बढी वर्षा र चट्यांगको सम्भावना भएको स्थानहरुमा सतर्कता अपनाउन आग्रह गरको छ । सभार टुडोपटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here