रौतहट प्रहरीले एक जना वेबारीसे महिलालाई परिवारको जिम्मा लगायाे ।

0
351

रौतहट १ भदौ ।

रौतहट प्रहरीले एक जना वेबारीसे महिलालाई परिवारको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार मौलापुर नगरपालिका वडा नं.९ सोनरनियामा हेर्दा मानसिक रोगी जस्तो देखीने अंन्दाजी २३ की महिला वेवारीसे अवस्थामा फेला परी उद्धार गरी गौर अस्पतालमा उपचारार्थ राखीएको थियो ।
प्रहरीले खोज तलासकै क्रममा भारत बिहार पुर्वी चम्पारण मोतिहारी सिसौनी बजार बस्ने अतुल्लाह मियाँको छोरा अंन्दाजी बर्ष ३२ को लालु मियाँ अस्पतालमा आई निज महिला मेरो बहिनी गुलशन खातुन हुन भनि सनाखत गरेको र महिलाले समेत निज लालु मियाँलाई भाई भनि चिन्नेको हुँदा निज गुलशन खातुनलाई लालु मियाँको जिम्मा लगाई पठाईएको जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here