रौतहटमा एक जना ब्यक्तिको हत्या ।

0
173

रौतहट २६ भदौ ।

चन्द्रपुरमा एक ब्यक्तिको हत्या भएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा न. ३ गैडाटार गाछी टोलका अन्दाजी ५० बर्षिय रोहिनी प्रसाद घोरासाइनीको शनिबार दिउसो हत्या गरिएको अबस्थामा फेला परेको मृतकका भाई बोधनाथ घोरासइनीले बताउनु भयो ।

शनिबार बिहान ८ बजे घास काट्ने कालापानी सामुदायिक वनको आफ्नै इलाका ब्लट नम्बर ५ मा झाडीमा गम्साले बाधिएको अबस्था अन्दाजी साढे ३ बजे फेला परेको पारिवारिक स्रोतले जनाएको छ । गैडाटार मोरङ्ने सडकखण्डको पानी घट्टको पश्चिम क्षेत्रमा केही मुठा घास काटिएको शरिरका विभिन्न भागमा रगत देखिएको स्थानियले बताएका छन ।

मृतक घोरासाइनीलाई नियोजित तरिकाले हत्या नै गरिएको चन्द्रपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि सरस्वती खुलालले दावी गर्नु भयो । हत्या गरिएको स्थानमा इलाका प्रहरी कार्यालयका प्रमुख लिलाराज लामिछानेसहितको टोलीले निगरानीमा राखी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर बोलाइएको जनाइएको छ ।

सत्यतथ्य अनुसन्धानबाट पत्ता लाग्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताउनु भयो । हत्यारालाई पक्राउ नगरेसम्म पारिवारले शव उठाउने नदिने आफन्तहरुले बताएका छन । कसले किन हत्या गरेको खुल्न सकेको छैन ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here