महोत्तरीबाट नक्कली नोट सहित दुई जना पक्राउ ।

0
331

महोत्तरी ०२ असाेज ।

महोत्तरीमा नेपाली नक्कली नोट सहित दुईजना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको मनपौर ग्राम पंचायत बस्ने शंकर रायको छोरा वर्ष २१ का पिन्टू कुमार राय र साही ठाउँका रामदयाल सिंहको छोरा वर्ष १२ का रितेश कुमार सिंह रहेका छन् ।

दुबैजनालाई प्रहरीले महोत्तरीको औरही नगरपालिका १ औरही बजारबाट पक्राउ गरको हो ।

पान पसल र स्याउ पसलमा समान किनेर नक्कली नोट दिएको हल्ला हुँदा बीआर ३०७ भी ९४८७ नम्बरको स्कुटर सवार उनीहरुलाई रोकेर चेक गर्दा हजारको २२ वटा नक्कली नोट बरामद गरको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए ।

दुबैजनामाथि थप सम्बन्धन गरिरहेको जनाएको छ । सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here