महोत्तरीको बर्दिबासमा २ मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु ।

0
194

महोत्तरीको बर्दिबासमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका ३ गौरीडाडा वस्ने वर्ष २६ का सुरज तामांग र सर्लाहीको ईश्वरपुर नगरपालिका १ वस्ने २८ वर्षीय विजय कुमार महतो रहेका छन् ।

मंगलबार साझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका ४ विश्वकर्मा चोकमा पन्चधुरा मन्दिर जाने गेट अगाडी ज१२प २९६१ र प्र २—०१—००२ प—०५९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतक तामांग ज १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए भने महतो प्र २—०१ ००२प—०५९७ नं।का चालक हुन् ।

यता ज १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिवास ३ गौरीडाडा वस्ने सोनु सिंह गम्भिर घाइने भएका छन् । उनको उपचार बर्दिबास र जनकपुरमा हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल काठमाडौं लगिएको छ ।

दुर्घटनामा तीनैजना गम्भीर घाइते भएका थिए । तामांग र महतोको महतोको जनकपुर स्थित रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुबै मोटरसाइकल नियन्त्रणमा लिइ घटना विषयमा थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here