ग्यास ट्याङकर भित्रबाट एक सय बिस किलो गाँजा सहित ट्याङकरलाई नियन्त्रणमा ।

0
207

वीरगञ्ज २८ असाेज ।

वीरगञ्ज भन्सार कार्यालय आइसिपी गेटमा भारतीय नम्बरको ग्यास ट्यांकरमा १२० किलो गाँजा फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका २५ स्थित आईसिपी गेट अगाडि बेवारिसे अवस्थामा गाँजासहित ट्याङकरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एलपी ग्यास बोक्ने भारतीय एनएल ०१ के ०७५४ नम्बरको बुलेटमा बुधबार गाँजासहित ट्यांकर नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए । गेटमा शंकास्पद अवस्थामा रोकिएको ट्यांकरलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो । प्रहरीले ट्यांकर धनी र चालकको खोजी कार्य जारी राखेको छ । ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here