पर्साबाट चोरिको मोटरसाइकल सहित २ जनालाई पक्राउ।

0
226

पर्सा २ कात्तिक ।
पर्साबाट चोरिको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ३ बस्ने २३ वर्षीय आनिष हवारी र सोही उमेरका मोहम्द आशिक रहेका छन्।
वीरगञ्ज महानगरपालिका १५ का रामलखन साहको घरको पार्किङ्गमा राखिएको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा खटिएको टोलीले उनीहरुलाई मोटरसाइकलसहित बीरगञ्ज बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । ना. १९ प ६३५५ नम्बरको मोटरसाइकल चोरि नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली दुवै जना चलाउँदै आएको अवस्थामा पक्राउ गरेको पर्सा प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सभार कमलपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here