निःशूल्क आँखा तथा दाँत परीक्षण शिविर सम्पन्न बारामा ।

0
169

बारा १३ कात्तिक ।

बारामा निःशूल्क आँखा तथा दाँत परीक्षण शिविर सम्पन्न भएको छ ।
बाराकाे प्रसौनी गाउँपालिका वडा न. ३ मासामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वीरगञ्ज सामुदायीक आँखा केन्द्र पर्सा र ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको सयुँक्त आयोजनामा सो शिविर सम्पन्न भएको हो ।
शिविरबाट सो क्षेत्र आसपासका आँखा तथा दाँत सम्बन्धी समस्या भएका १ सय २० भन्दा बढी व्यक्तिहरु लाभान्वित भएका छन् ।
वीरगञ्ज सामुदायक आँखा केन्द्रका नेत्र चिकित्सक डा. महेशसिँह धामीका अनुसार विशेष गरी न्युन आर्थीक अवस्थाका कारण समस्या भएर पनि परीक्षण गराउन वीरगञ्जसहितका अन्य अस्पतालहरुमा आउन नसकेकाहरु शिविरबाट प्रभावित भएको हो। सो शिविरमा डा. धामीसहित प्रियांका साह लगायतको समूहले परीक्षण गरेको थियो।

शिविर कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, प्रहरी नायब उपरीक्षक गौतम मिश्रा, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादव, सामुदायीक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष एवम् पत्रकार राम सर्राफ, सामुदायिक प्रहरी सेवा केन्द्र बाराका कोषाध्यक्ष लुकेश सिँह लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here