सर्लाहीमा प्रहरीद्वारा एक लाख बढीको पटका नष्ट ।

0
156

सर्लाही १६ कात्तिक ।

सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको पटका मंगलवार नष्ट गरेको छ । विभिन्न मितिमा बरामद गरिएको एक लाख ११ हजार रुपैयाँ बराबरको पटका मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको हो । उक्त पटकाहरु सीमावर्ती क्षेत्रस्थित छन्कीटोला, अर्नाहा, गडहीया, संग्रामपुर लगायतका नाकाहरुबाट बरामद गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।भारतबाट लुकाईछिपाई भित्र्याइएको फूलझरी, रकेट, नागिन, आलु बम, झिरझिरे लगायतका विष्फोटकजन्य पदार्थ बरामद गरी नष्ट गरिएको डीएसपी बुढाथोकीले बताएका छन् । तिहार तथा छठमा भारतबाट पटकाजन्य वस्तु भित्रन नदिन सीमा क्षेत्रमा चेकजाँच र गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।यसैबीच, सर्लाही प्रहरीले हालसालै घरेलु मदिरा उत्पादन गर्ने ६ वटा भट्टी पसल भत्काउनुका साथै तयारी र कच्चा पदार्थ गरी ६ हजार ८६० लिटर मदिरा नष्ट गरेको छ । त्यसक्रममा मदिरा उत्पादन गर्न प्रयोग हुने मेसिन, ग्याँस चुल्हो, ग्याँस सिलिण्डर, प्लाष्टिकका भाँडा लगायतका सरसामग्री बरामद् भएको छ । त्यसैगरी, सर्लाही प्रहरीले गएको साउन महिनादेखि अहिलेसम्म भारतबाट भन्सार छली गरेर ल्याइएका १ करोड १ लाख ३७ हजार २२ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेर भन्सार कार्यालयमा बुझाएको डीएसपी बुढाथोकीले उज्यालो अभियानसँग बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here