रौतहट ७ मंसिर ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद भार राष्ट्र सेवक कर्मचारी कुशल व्यक्तित्व ओम प्रकाश यादवले सम्हालेका हुन् ।
एक कार्यक्रमको बिच आज मंगलबारका दिन नगर प्रमुख गोपाल राय यादवले प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवलाई फुल माला ,खादा ओढाएर चन्दन टिका लगाई स्वागत गरेका हुन।
रौतहटको १६ नगरपालिका ,२ गाउँपालिका गरि १८ पालिका रहेको हुदा सबभन्दा बढी वर्डा १.११ रहेको नगरपालिकामा विधिशास्त्र अनुसार प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले हाजिर भएका छन् ।
यो भन्दा पहिला दुर्गाभगवति गाउँपालिका ,गंगापिपरामा ४ वर्ष पछि परोहा नगरपालिकामा २ वर्ष आफ्नो कामकाज गरि गरुडा मालपोत कार्यालयको कार्यालय प्रमुखको रुपमा १ महिना करिब देखि काम गर्दै आएका थिए।
Home मुख्य समाचार रौतहटको फतुवा बिजयपुर नगरपालिका.प्रमुख प्रशासकीय अधिकृतको पद भार ग्रहण गरे ओमप्रकाश यादव