कटहरिया नगरपालिका द्वारा दुग्ध उत्पादक किसानलाई क्यान बितरण।

0
166

रौतहट ९ मंसिर ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका द्वारा एक समारोहका बीच दुग्ध उत्पादक किसानलाई दूध ओसारपसार गर्ने क्यान बितरण गरिएको छ । गाई तथा भैंसीको दूध उत्पादनको लागि पकेट क्षेत्र मानिने कटहरिया १ झौवा गाउँमा बिहीबार आयोजित कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख सियाराम कुश्वाहाले ४० जना दुग्ध उत्पादक किसानलाई क्यान बितरण गर्नु भएको हो । कृषकहरूको लागि दूध क्यान वितरण कार्यक्रममा झौवा,बरेडवा,विर्तीका ४० जाना कृषकहरुलाई दूध क्यान नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयो । उक्त अवसरमा स्थानीय दर्जनौं किसान,राजनीतिक दलका कार्यकर्ता तथा आईटी आर्मिका जिल्ला संयोजक नरेश साह तुरहाको समेत उपस्थिति रहेको नगर प्रमुख कुश्वाहाका पिए महेश यादवले रौतहट सन्देश अनलाइन लाई जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here