रौतहटबाट स्रोत नखुलेको चार लाख रुपैंया सहित एक जना पक्राउ ।

0
245

रौतहट २ पौष ।

रौतहटबाट स्रोत नखुलेको चार लाख बढी नेपालि रुपैंयासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी बैरगिनिया बस्ने सिकिन्दर पासवानको छोरा १९ वर्षीय विकास कुमार पासवान रहेका छन्।
शुक्रबार गौर भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ टोलीले बिआर ३० एबी २६५७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाईकलको एयर फिल्टर भित्र लुकाई राखेको चार लाख पचांस हजार बरामद भएको रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले जनाएको छ।
नगदसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको उनले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here