नेपाली कांग्रेसको प्रदेश २ सभापति पदमा कृष्ण प्रसाद यादव विजय ।

0
173

रौतहट ९ पुस ।

नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका कृष्ण प्रसाद यादव प्रदेश सभापति पदमा विजयी भएका छन्।

केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो। निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो।

तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाए, पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।निर्वाचनमा संस्थापन पक्षबाट कांग्रेस रौतहट सभापति कृष्ण यादव र निधि समूहबाट कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले प्यानलसहित उम्मेदवारी दिएका थिए। जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीबार मतदान भएकाे हाे। बाँकी पदकाे नतिजा आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here