कटहरिया नगरपालिकाका नगर प्रमुख कुशवाहाद्वारा बिधालयकाे भवन र ट्रस्टकाे शिलान्यास ।

0
234

रौतहट ०५ माघ ।

रौतहटको कटहरिया नगरपालिकाकाे वडा न २ जमुनियामा बिधालय भवन र ट्रस्ट निर्माणको लागि शिलान्यास गरिएको छ। कटहरिया नगरपालिका वडा न.२,जमुनियामा ४ कोठे दुई तल्ले बिधालय भवनको शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर सियाराम कुशवाहाले कटहरिया नगरपालिका वडा न.२,जमुनियामा स्थित श्री आधारभूत बिधालयमा बिधालय भवन र ट्रस्ट निर्माणको लागि बिधिवत् रूपमा शिलान्यास शिलान्यास गर्नु भएको हो । श्री आधारभूत बिधालय जमूनियाले बिधालय भवन निर्माणको लागि खरिद गरेको ७ कट्टा १० धुर जग्गामा ४ कोठे दुई तल्ले भवन र दुई कोठे दुई वटा ट्रस्ट निर्माण हुने भएको छ ।
नगरपालिकाको अनुदान रकम बाट ५० लाखमा जग्गा खरिद,३८ लाखमा बिधालयको भवन निर्माण ,१६ लाख ट्रस्ट निर्माण र ७ लाखमा चर्पि निर्माणका लागि शिलान्यास गरिएको कटहरिया वडा नम्बर २ का वडाध्यक्ष हरेन्द्र साहले जानकारी गराउनु भयो । सो शिलान्यास पश्चात् ९० दिन भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
सो अवसरमा वडा नम्बर २ का वडाध्यक्ष हरेन्द्र साह कलवार, किसान नेता किशोरी महतो, श्री आधारभूत बिधालय जमुनियाका प्रधानाध्यापक एवम् शिक्षा संयोजक अनिल निधि,नागेन्द्र गिरी,चन्द्रकिशोर महतो लगायतका नेता तथा कार्यकर्ताहरु, समाजसेवी, युवाहरुको उपस्तितीमा सम्पन्न रहेको कटहरिया नगरप्रमुखको सचिवालयले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here