नगर प्रमुख यादबद्वारा मुख्य प्रवेश द्वारकाे शिलान्यास ।

0
340

रौतहट २४ माघ ।

रौतहट जिल्लाको गरुडा नगरपालिकाले नपाभित्र एक ठाँउमा मुख्य प्रवेश द्वार निर्माणको शिलान्यास गरिएको हो। गरुडा नगरपालिका वडा न.५–महम्मदपुर गाउँमा जाने मुख्यप्रवेश द्वारको लागि शिलान्यास गरिएको हो ।सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर ईन्नु राय यादवले गरुडा नगरपालिका वडा न.५–महम्मदपुर स्थित गाउँको मुख्य जाने बाटोको मुल मुख्य प्रवेशद्वार निर्माणको लागि बिधिवत् रूपमा शिलान्यास शिलान्यास गर्नु भएको हो । नगरपालिकाको कोषबाट निर्माण हुन गइरहेको ८ लाखको लागतमा सो प्रवेश द्वार बन्ने उपभोक्ता समितिको अध्यक्ष रामबालक प्रसाद यादवले जानकारी गराउनुभयो।

सो शिलान्यास पश्चात् करिब २ महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

गरुडा नगरपालिका वडा न.५–महम्मदपुर गाउँमा जाने मुख्यप्रवेश द्वार बनेपछि गाउँको मुहार समेत फेरिन्छ र गाउँमा बाहिरबाट आउने मानिसहरु लाई गाउँभित्र छिर्न सजिलो पर्ने मेयर यादवले जिकिर गर्नुभयो।

सो अवसरमा वडा नम्बर ५ का वडाध्यक्ष जयमंगल राय यादव, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव, लेखा प्रमुख कुमार ठाकुर, प्रशासन प्रमुख धिरेन्द्र यादव लगायतका भद्र भलादमी बुद्धिजीवी नेता तथा कार्यकर्ताहरु, समाजसेवी, युवाहरुको उपस्तितीमा सो शिलान्यास सम्पन्न भएको गरुडा नगरप्रमुखको ईनु राय यादवको निकटतम गोपाल यादवले जनाएको हो ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here