सर्लाहीबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ ।

0
293

सर्लाही ०३ फागुन ।

सर्लाहीमा लागुऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका वडा नं. २ का २४ वर्षीय बिकास राउत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । मंगलवार विहान करिब ११ बजे सर्लाहीको बिष्णु गाउँपालिका–२ स्थित नदिया पकडी जाने बाटोमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बोराभित्र लुकाई–छिपाई लग्दै गरेको १० किलो गाँजा सहित राउतलाई पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here