गरुडा नगरपालिकाका भावी मेयर यादवले गरे एक मस्जिद लाई ३५ थान सेलिंग फैन सहयोग ।

0
154

रौतहट १८ चैत ।

रौतहटकाे गरुडा नगरपालिका वडा नं ८ जिङडियाको बिर्ता टोलमा अवस्थित नयाँ बनेको जामे मस्जिदलाई ३५ थान सेलिंग फैन सहयोग गरिएको छ।
शुक्रबार महजीदको प्रगंनमा एक कार्यक्रमका बिच जसपाका मधेस प्रदेश कमिटी सदस्य तथा गरुडा नगरपालिकाका भावी मेयरका उम्मेदवार अनिल यादवले आफ्नो निजि लगानी बाट मस्जिदको अध्यक्षलाई सो सेलिंग फैन (पंखा) सहयोग गरेको छ।

मुस्लिम धर्मावलम्बी हरुको महान चाड रमजान आउदो आइतबार देखि हुन गईरहेकोले बिक्राल गर्मीमा केही सितल महसुल होस भन्ने उदेश्यले सो सेलिंग फैन (पंखा) हस्तान्तरण गरेको भावी मेयरका उम्मेदवार यादल बताए । आफू मेयर नहुदा पनि जनताको पिर मर्ममा सधै साथ र सहयोग गरेकै छु र आगामी बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा बुबाको ठाँउमा यसपालि आफू मेयर पदमा चुनाव लडने र तपाई हरुको अमुल्य भोट साथ सहयोगले चुनाव जितेर नगरको समग्र बिकासको गति दिने भावी मेयर यादवले बताए। कार्यक्रममा जसपाका युवानेता राजकुमार दास, कौशर खान मिथिला, मेयरका स्वासकिय सचीव गोपाल यादव स्थानीय बुद्धिजीवी मुस्लिम जन समुदायको बिशेश उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here