रौतहट १३ जेठ ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । वृन्दावन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । उपप्रमुख संगीता देवी राम लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो । नगरपालिका कार्यलय स्थित स्वस्थ कार्यलय परिसरमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो ।
त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख पटेलले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो । साथै कर्मचारीहरु लाइ कार्यलय समयमा अनिवार्य उपस्थित भई आफनो कर्तव्यलाइ राम्रो सँग निर्वाह गर्न भन्नु भयो । जनताले आफूलाइ दिएको जिम्मेवारी निर्वाह गर्न २४ सै घण्टा तत्पर रहेको बताउनु भएको थियो ।
कुर्मीले सपत कार्यक्रममा मन्तब्य राख्दै ग्रहण गर्ने लगत्तै गरे यी दुई ओटा महत्त्वपूर्ण निर्णय बारेमा बताएका छन् । उनले पहिलो निर्णयको रुपमा वृन्दावन क्षेत्र अन्तर्गत संचालित रहेका बर्थिङ सेन्टरहरुलाई आवश्यक उपकरण सहित व्यवस्थित गरि निशुल्क रुपमा गर्भपरिक्षणको साथै प्रसुती सेवा उपलब्ध गराउने र सो नगरपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी गराउन न सक्दा अन्यत्र लइजानुपर्ने अवस्था सिर्जना भएमा तत्काल नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
त्यसैगरी दोश्रो निर्णयको रुपमा उनले सो नगरपालिका भित्रबाट संपादन हुने पन्जिकरण,जन्मदर्ता,विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस समेत नि:शुल्क गराइने व्यवस्था निर्णय गरेका छन् । उक्त कार्यक्रममा राजनीतिक दल, सुरक्षाकर्मी,स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।