वडाअध्यक्ष यादव सडक निर्माण कार्यमा आफै कोदालो लिएर उत्रिए ।

0
217

रौतहट ३ असार ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका वडा नं ९ को नवनिर्वाचित वडाअध्यक्ष युवा नेता राकेश कुमार यादव उर्फ पप्पुले चुनावी क्रममा जनताको घरदैलोमा भोट माग्दा सो टोलका बासीसँग गर्नुभएको प्रतिबद्धता अनुसार आज लगातार दुई दिन देखि जनसेवामा नयाँ सडक निर्माण गराउन कार्यमा आफै कोदालो लिएर उत्रिएका छन् ।
धेरै जसो जनप्रतिनिधिहरूले चुनावको बेलामा आफुतिर भोट केन्द्रित गर्न धेरै प्रतिबद्धता गरि निर्वाचित भएपछि पुरा गर्न चाहदैनन् वा गर्न चाहदैनन् तर युवा अध्यक्ष यादवले वडामा रहेको विभिन्न समस्यालाई सुधार गर्दै अगाडि बढिरहेको छ । उहाँको दुई दिनको अथक मेहनतले खैरा देखि बढडवा जाने बाटोमा जनतालाई आवतजावत गर्न कठिनाइ नहोस् भन्ने उदेश्यले आफै सडक निर्माणमा वडाअध्यक्ष यादवले कोदालो लिएर उत्रिए पछि व्यापक चौतर्फी प्रशंसा हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here