रामप्रवेश बैठा,रौतहट,१२ साउन ।
राैतहटकाे कटहरिया नगरपालिकामा नगरप्रमुख अजयप्रकाश जयसवालले करारका कर्मचारी हटाएर ज्यादती गरेको भन्दै शान्तिपूर्ण धर्ना जारी रहेकाे छ । नगरपालिकाले करार तथा ज्यालादारी कर्मचारीहरुको म्याद थप नगरि अवकाश दिएकाे छ । कराराका कर्मचारी हटाउँदा सेवा प्रवाहमा ढिलासुस्ती भइ सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाकाे कामकाज समेत प्रभावित भएको छ । कटहरिया नगरपालिकाको सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारीलाइ एकैचोटी अवकाश दिदाँ सेवा प्रभावित भएको छ ।
कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुको म्याद यसै आ.व. २०७९।८० को श्रावण महिनादेखि थप नगर्ने निर्णय गरे पश्चात स्थानीय तहमा लामो समय देखि कार्यरत योग्य र सक्षम कर्मचारीहरु निराश भइ नगरपालिका प्रमुख र नगरप्रशासन प्रति आक्रोशित भएको देखिएकाे छ ।
कटहरिया नगरपालिकाकाे करारका कुनै पनि कर्मचारीको म्याद थप नगर्ने सूचना जारी गरेको प्रति कर्मचारीहरु आफूहरु प्रति अन्याय भएको भनि गुणासो गरेका छन् ।
काम गर्न योग्य,सक्षम तथा अनुभवी कर्मचारी हुँदा हुँदै निर्वाचन पिच्छै परिवर्तन हुने स्थानियतह प्रमुखहरुको गलत सोच तथा आफना कार्यकर्तालाइ मात्र भर्ना गर्ने सोचका कारण सक्षम र योग्य कर्मचारीहरु कामकाज बाट मुक्त हुने र विना प्रक्रिया आफना आफन्त ,नातागोता,पार्टी कार्यकर्ताको भर्नाले फेरी केहि महिना सेवाप्रवाहमा ढिलासुस्ती भइ सोवाग्राही मर्कामा परेका छन् ।
Home मुख्य समाचार कटहरियामा नगर प्रमुखले करारका कर्मचारी हटाएर ज्यादती गरेको भन्दै शान्तिपूर्ण धर्ना