सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु ।

0
154

सर्लाही १३ साउन ।

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको पर्सा गाउँपालिका ६ दक्षिणबारी टोल बस्ने ४५ वर्षीय सुबोध झा रहेका छन्। शुक्रवार विहान करिब ९ बजेको समयमा आफ्नै घरको पानी तान्ने मोटर जोडने क्रममा करेण्ट लागेर घाईते भएका झालाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here