पर्साबाट २ सय ४० किलो गाँजा बरामद ।

0
156

पर्सा २१ साउन ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ छपकैयाबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा २ सय ४० किलो बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो । बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २ सय ४० गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here