राैतहटमा चोरीको मोटरसाईकल सहित एक जना पक्राउ ।

0
543

राैतहट २६ साउन ।
राैतहटमा चोरीको मोटरसाईकल सहित १ जना पक्राउ परेकाे छ । गत मंगलबार ११:०० बजेको समयमा विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नम्बर ३ स्थितमा बस्ने बर्ष २१ को चन्दन पटेलले चलाउँदै गरेको बा.७४ प ५५२५ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिई मोटरसाईकल बरामद गरीएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी कसुर अन्तर्गत मुद्धामा सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई जिप्रका राैतहटकाे हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी गराउनु भएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here