बारामा ८५ थान सालको चिरान काठ बरामद ।

0
175

बारा ३१ साउन।
बारामा ८५ थान सालको चिरान काठ बरामद भएको छ । डिभिजन वन कार्यालय बाराले जीतपुर सिमरा उपमहानगर १६ स्थित मगर टोलबाट अवैध रुपमा लुकाई राखेको चिरान काठ वनको गस्ती टोलीले सोमबार नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरी, वन कर्मचारी तथा सशस्त्र वन सुरक्षाकर्मीको टोलीले ८५ थान करिव ६४ क्यूफिट सालको चिरान काठ बरामद भएको डिभिजन वन अधिकृत विनोद सिंहले जानकारी दिए । सो काठ हालको बजार मुल्यमा ३ लाख ५० भन्दा पर्ने वन कार्यालयले जनाएको छ । २ दिनअघि मात्र वनको गस्ती टोलीले सोही क्षेत्रबाट ३ वटा सालको गोलिया र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here