रौतहट २४ भदौ ।
रौतहटकाे गरुडा नगरपालिकामा अवस्थित रहेको आशिर्वाद होटलमा आयोजित मनोज चौधरी स्मृती पत्रकारिता पुरस्कार गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले पाउनुभएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट द्वारा आयोजित सो कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मिश्रा लाई सो पुरस्कार ले पुरस्कृत गर्नुभएको थियो । २५ हजार धनराशी रहेको उक्त पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ रौतहट शाखाले आन्तरिक रुपमा मूल्याँकन गरी मिश्रको नाम छनौट गरेर आज वितरण गरेको हो । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकारले समाज प्रति रहेको दायित्व र जवाफदेहितालाई इमान्दारीका साथ निर्वाह गरेमा मिश्र जस्तो अरु पनि सम्मानित हुने बताए । पत्रकारको काम कर्तब्य लाई पालना गरेर आफनो समाजको हितमा निरन्तर रुपमा कलम चलाउनुपर्ने स्पष्ट पारे ।
शाखा सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवाल, गौर नगरपालिकाको प्रमुख शम्भु साह, गरुडा नपाको उप प्रमुख पुनम चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरी लगायतका विभिन्न क्षेत्रका व्यतिहरुको उस्थिति रहेको थियो ।