सप्तरीमा कुकुरलाई बँचाउन खोज्दा दुर्घटनामा परेर एकजनाको श्रीमतीको मृत्यु ।

0
202

जनकपुरधाम, २७ भदौ ।

सप्तरीमा कुकुरलाई बँचाउन खोज्दा दुर्घटनामा परेर एकजनाको श्रीमतीको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका ५ मोहनपुर स्थित सोमबार बिहान करिब साढे ८ बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बोदेबर्साईन नगरपालिका २ की ४५ वर्षीया अंजना देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुकुरलाई बच्चाउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ४८ वर्षीय मोहन कुमार यादवलाई केही नभएको तर मोटरसाइकलमा पछाडी सवार उनको श्रीमतीको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । शवको पोस्टर्माटमको काम भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here