कटहरिया नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

0
162

ओमप्रकाश यादव,रौतहट ३० भदौ ।
रौतहटको कटहरिया नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएकोे छ ।
यस वर्ष नगरपालिकामा के कस्ता विकास निर्माणका काम गर्दा राम्रो हुन्छ, स्थानीयहरुको राय, सुझाव र सल्लाह अनुसार विकास निर्माणका काम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कटहरिया नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख रिता देवीको विशिष्ट आतिथ्यता र वडा सदस्य अब्दुल मतिन मिया मंसुरीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि नगरवासीहरुले बाटोघाटो, विधुत, खानेपानी, भवन निर्माण, लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोजदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।
कार्यक्रममा नगरको विविध समस्या तथा सावधानका उपाय बारेमा विचार विमर्श समेत गरिएको थियो । कार्यक्रममा स्थानीयहरुले उठाएको सवालको जवाफ दिदै नगर प्रमुख अजय प्रकाश जयसवालले स्थानीयहरुकै इच्छा, आकांक्षा र चाहना अनुसारको काम गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधी तिवारी, कांग्रेसका युवा नेता महादेव साह, वडा प्रत्याक्षी रंजित साह, मौजेलाल साह, रुपनारायण चौधरी, लक्ष्मी महतो, लगाएत सर्वसाधारण नागरिकको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here