धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ ।

0
109

धनुषा १२ असोज ।
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदा रहेका छन्। मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here