संस्कृतमा सपथ लिने सांसद साहलाई हिन्दू परिषद नेपाल द्वारा काठमाडौंमा सम्मानित ।

रौतहट, १५ पुस ।

गत सप्ताह प्रतिनिधिसभा सदस्यहरूको सपथ कार्यक्रममा एउटा छुट्टै आफ्नो पहिचान नेपालको ऐतिहासमा स्थापित गरिएकोले चौतर्फी चर्चा भइरहेको छ ।

रौतहट जिल्लाको क्षेत्र नं २ मा केही महिनाअघि सम्म भएको प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका सांसद किरण कुमार साहलाई अहिले देशको विभिन्न स्थानमा हिन्दूवादी संघ संगठनहरूले सम्मान गरिरहेको देखिन्छ ।

हिन्दू परिषद् नेपाल काठमाडौं उपत्यका कमिटी द्वारा अनामनगर स्थित एक कार्यक्रम गरि आज सांसद साहलाई अझ हिन्दूत्वको मुद्दामा थप उर्जाको साथ अगाडि बढ्न आग्रह गर्दै सम्मान गरेका छन् । हिन्दू योद्धा, फगवा बस्त्र, रुद्राक्ष माला लगाई देशकै ऐतिहासमा नभएको कार्य यसपालिको संसद भवनमा देख्न पाइएकोले नेपाल र नेपालीको गर्व उठिएको छ ।

संस्कृत भाषामा शपथ ग्रहण गर्ने नेपालमा कुनै पार्टीको सांसद वा कुनै नेताले आट गर्न सकेको थिएन यहाँ सम्म कि हिन्दूबादी मुद्दा लिएर सधैं हिन्दुत्वको भोट लिने राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले आफ्नो मुख्य एजेन्डा कहिले पनि संसद भवनमा प्रस्तुत गर्न सकेन तर रौतहट जिल्लाबाट त्यसमा पनि मधेशी पुत्र स्वतन्त्र जितेर अटुट आत्मबलको साथ धर्म रक्षाका निमित्त आफ्नो बढाएको कदमलाई सम्पूर्ण देशबासीले अहिले गर्व गरिरहेको छ ।
रौतहट जिल्ला निवासी आदरणीय किरण कुमार साह ज्यू लाई सांसद साहलाई हिन्दू परिषद नेपाल काठमाडौं उपत्यका कमिटीले रूद्धाक्ष माला, जय श्रीराम नाम लेखिएको गमछा, भागवत गीत लगायतको सामाग्री द्वारा परिषदका राष्ट्रिय अध्यक्ष संतोषानंद जी महाराजले भब्य सम्मान गरेको छ।

लोकप्रिय