रौतहट २३ पुष ।
तराई मधेस सहित देशभरिनै शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि चिसोलाई ख्याल गर्दै नगरबासीकाे लागि रौतहटकाे कटहरिया नगरपालिकाले दाउराको ब्यवस्था मिलाएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित रहेको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले आफ्नो नगरवासीलाई ख्याल गरि कठ्याग्रिदो जाडोबाट बच्नकाे लागि ९ वटै वडामा आगो ताप्नकाे लागि दाउराको व्यवस्था मिलाएको छ ।
नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि नगरले वडा कार्यलयमा दाउरा पठाउने क्रमलाई तीर्व पारेको हो । डिभिजन वन कार्यलय रौतहटसँग समवन्य गरी नगरको कार्यलयमा ल्याइएको दाउरा वडा कार्यलयमा पठाउन थालिएको नगर प्रमुख जयसवालले जानकारी दिए ।
गत बुधबारदेखि अचानक अचानक मौसम परिवर्तन भई सितलहरी सुरु भएकाले ठाउँठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको नगरपालिकाका नगर प्रमुख साहले बताए ।
नगरपालिकाले यस वर्ष नागरिकलाई जाडो छलनकाे लागि दाउरा डिभिजिन वन कार्यालय रौतहटसंग समवन्य गरि ट्रयाक्टरमा मगाईएकाे नगर प्रमुख जयसवालले भने ।
नगरपालिकाले उपलब्ध गराएको दाउरा नगरपालिकाकाे सार्वजनिक स्थल तथा चौक चौकमा र आवश्यकताअनुसार ठाउँ ठाउँमा समेत उपलब्ध गाराउन नगर प्रमुख जयसवालले बताए ।