रौतहटमा भन्सार छलीका सामान सहित २ मानिस प्रहरीको नियन्त्रणमा ।

रौतहट २५ पौष ।

रौतहटको दक्षिणी भेग तिरबाट भन्सार छली गरिएका समानहरुलाई नियन्त्रणमा लिने टोलीको सकृय यता देखिएको छ।रौतहटमा भन्सार छलिका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साझ ७ बजे प्रहरी चौकी मठियाबाट खटिएका प्रहरी गस्ति टोलीले यश जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ४ महुलिया टोल नजिक रहेको नेपाल भारत सिमाना सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीहरुलाई समेतको चेकजाच गर्ने क्रममा भारतबाट नेपाल महुलिया तर्फ आउदै गरेका दुईजनालाई चेकजाँचको क्रमममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाको वडा नम्बर ४ टिकुलिया का २१ बर्षिय राजन कुमार राय यादव साथै २२ बर्षिय अनिल साह रहेका छन, भने उनीहरुको साथबाट अन्दाजी १ लाख ६२ हजार ५ सय ४७ रुपिया बराबरको १५ थान मोबाइल बरामद गरि नियन्त्रणमा लिईएको रौतहट प्रहरीले जनाएको छ ।
साथै आइतबार नै प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ति टोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर ७ र ८ बाट अन्दाजी ७९ हजार २ सय बराबरको युरिया मल ५७ बोरा र चिनी १३५ किलो वेवारिसे अबस्थामा फेला पारेको समेत गरि जम्मा अन्दाजी ३ लाख ४१ हजार ७ सय ४७ बराबरको सरसमान रितपुर्वक बरामद गरि अनिल साह र राजन कुमार समेतलाई आवश्यक कारवाहीका लागी आइतबार गौर भन्सार कार्यालय रौतहटका बुझाइएकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएका थिए।

लोकप्रिय