रौतहट २७ पुष ।
रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया १ भसेढवा टोलका ९० वर्षिय वृद्ध धेनुक साह कानु रहेका छन् ।
मंगलवार राति घरैमा सुतेको अवस्थामा चिसोले कठ्यांग्रिएर मृत्यु भएको कटहरिया नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले जानकारी दिए
तराईमा एक सातादेखिको शीतलहर कायमै रहेको छ । चिसोले जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् । गत सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ ।
चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ चिसोको मौसममा अति आवश्यक काम बाहेक बाहिर न निस्कन चिकित्सहरुले सुझाव दिएका छन् ।