रौतहट २९ पुष ।
तराई मधेशसहित देशभर नै शितलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि चिसोलाई ख्याल गर्दै नगरवासीका लागि रौतहटको गुजरा नगरपालिकाले दाउराको व्यवस्था गरेको छ ।
गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले कठ्यांग्रिदो जाडोबाट बच्नका लागि ९ वटै वडामा आगो ताप्न दाउराको व्यवस्था मिलाएका हुन् ।
डिभिजन वन कार्यलय रौतहटसँग समवन्य गरी नगरको प्रत्येक वडामा दाउरा वितरण थालिएको नगर प्रमुख चौधरीले जानकारी दिए । नगरपालिकाले उपलब्ध गराएको दाउरा नगरपालिकाको सार्वजनिक स्थल तथा चोक चोकमा र आवश्यकताअनुसार अन्य ठाउँमा समेत उपलब्ध गाराइने नगर प्रमुख चौधरीले रौतहट सन्देश डटकमलाई बताए ।
मेयर चौधरीको यो कदमको नगरवासीहरुले प्रशंसा गरेका छन् । अत्याधिक चिसो बढेपछि वृद्धवृद्धा, अति विपन्न परिवारहरु समस्यामा परेका छन् ।