रौतहट ३० पुष ।
रौतहटको सदरमुकाम गौर स्थित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रौतहटको ५ औं जिल्ला अधिवेशन कर्मचारी मिलन केन्द्र सभा हलमा आज शनिबार सम्पन्न भएको छ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रौतहटको श्याम सुन्दर राय यादवको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसहमतीबाट चयन गरिएको छ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रौतहटको ११ सदस्यीय समितिको नामावली यस प्रकार अध्यक्ष श्याम सुन्दर राय यादव,उपाध्यक्ष निलम साह,सचिव अशोक कुमार ,कोषाध्यक्ष लालबाबु साह,सदस्य शम्भु चौधरी ,सदस्य रामदेव कुशवाहा,सदस्य परमानन्द पाठक,सदस्य विश्वनाथ चौधरी ,सदस्य रामबाबु दास,नवीन कुमार झा ,सदस्य मुकेश कुमार यादव रहेका छन् ।