वीरगञ्ज महानगरद्वारा रक्तसञ्चार केन्द्रलाई फ्रिज हस्तान्तरण।

वीरगञ्ज २भदौ ।

वीरगञ्ज महानगरद्वारा रक्तसञ्चार केन्द्रलाई फ्रिज हस्तान्तरण गरेको छ । महानगरपालिकाले नेपाल रक्तसञ्चार केन्द्र पर्सालाई फ्रिज हस्तान्तरण गरेको छ ।महानगरपालिले एक कार्याक्रमको आयोजा गरी रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पर्सालाई फ्रिज हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख बिजयकुमार सरावगीले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेललाई एक कार्याक्रमका फ्रिज हस्तान्तरण गरेका हुन् । ३ सय ५० युनिट रगत भण्डारण गर्न सक्ने क्षमता रहेको छ । भने फ्रिज ४ लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको महानगरले जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रहेका सामान्य फ्रिजमा रगत भण्डारण गर्दा रगत बिग्रेर जाने तथा डल्लो परेर खेर जाने समस्या पटक पटक देखिँदै आएको थियो । सभापति कँडेलका अनुसार वार्षिक ४÷५ सय युनिट रगत डल्लो परेर खेर जाने गरेको छ ।

‘ब्लड भण्डारणका लागि भनेर नै बनाइएको फ्रिज हामीसँग दुईवटा छ, तर बढी रगत संकलन हुँदा सामान्य फ्रिजमा राख्नुपर्ने अवस्था थियो । महंगो भएकोले खरिद गर्न पनि सकिरहेका थिएनौं’ उनले भने । सभार अनलाइन वीरगञ्ज ।

लोकप्रिय