वृन्दावन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतका कारण नगरपालिका नै अस्तव्यस्त ।

रौतहट १७ माघ ।

रौतहटको वृन्दावन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतका कारण नगरपालिका नै अस्तव्यस्त भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खिम बहादुर भुजेलका कारण नगरपालिका अस्तव्यस्त भएको स्थानीयवासिन्दाको भनाई रहेको छ । भुजेलले नगरपालिकाको सरकारी नम्बर प्लेटको सवारी साधनको व्यापक दुरुपयोग गरेको नगरपालिकाकी उपमेयर संगिता देवी रामले बताईन् । भुजेलले मेयर र उपमयेर वीच द्धन्द्व श्रृजना गर्ने काम गरेको स्थानीयवासिन्दाको भनाई रहेको छ । यस भन्दा अगाडि सर्लाहीको बरहथवा नगरपालिकाको कार्यकारी अधिकृत रहदा पनि भुजेलले सो नगरपालिकालाई अस्तव्यस्त बनाउदै मेयर उपमेयरवीच द्धन्द्ध श्रृजना गरेको सो नगरपालिकाका कर्मचारीहरुको भनाई रहेको छ । त्यसपछि रौतहटको इशनाथ नगरपालिकामा हाकिम बनेका बेलामा समेत सो नगरपालिकालाई अस्तव्यस्त बनाउने काममा सक्रिय रहेको आरोप लागेको थियो । एक महिनामा चार दिन नगरपाकिला बस्ने र अन्य दिन काठमाण्डौ लगायतका स्थानमा वृन्दावन नगरपालिकाको सरकारी गाडी दुरुपयोग गर्दै उनले स्थानीयलाई सास्ती दिएको जानकारीहरुको भनाई छ । तत्कालिन नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर उपमेयर जितेका वृन्दावन नगरपालिकालाई मेयर र उपमेयर वीच फाटो ल्याउने काममा समेत कार्यकारी अधिकृत भुजेलको हात रहेको जानकारहरुको भनाई रहेको छ । भुजेलले वृन्दावन नगरपालिकाको अधिकांश विज्ञापन रौतहट जिल्लामा देखा नपर्ने मध्यान्ह दैनिकमा विज्ञापन दिने गरेका छन् । ६० प्रतिशत सम्म कमिशन दिने सो पत्रिकालाई उनले विज्ञापन दिएर सरकारी सम्पत्तिको अपचलन गर्दै आएका छन् । भुजेलले पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको नाम बेचेर विभिन्न अनैतिक काम गर्दै आएका छन् ।
सोका विरुद्ध यतिबेला सो नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मी समेत आजित भएका छन् । आफुलाई ठूला बडाको आर्शिवाद रहेको र कसैले आफुलाई केही विगार्न नसक्ने दावी गर्दै आएका भुजेल यतिबेला वृन्दावन नगरपालिकालाई भ्रष्ट बनाउन तल्लिन रहेका छन् । उनकै कारण यतिबेला भर्खरै निर्वाचित भएर आएका मेयर तथा उपमेयर वीच मारामारको अवस्था श्रृजना भएको छ । नगरपालिकाको सरकारी नम्बरप्लेटको सरकारी सवारी साधन लिएर महिनामा २० दिन घर जाने भुजेलले वृन्दावन नगरपालिकालाई भजाएर करोडौ आर्थिक उपार्जन गरेको समाचार श्रोतको दावी रहेको छ । घुस्याहा प्रवृतिका भुजेलका कारण नगरपालिका अस्तव्यस्त भएको एक नगर कार्यपालिका सदस्यले जानकारी दिए । रौतहट जिल्लामा नेपाल सरकारले वर्गिकरणमा पारेका तीन पत्रिकालाईलाई बाईवास गर्र्दै सामान्य सूचना समेत भुजेलले कमिशनको लोभमा काठमाण्डौबाट प्रकाशित हुने पत्रिकालाई दिने गरेका छन् । भुजेलको अवैद्य कामको विषयमा कार्यपालिकाको बैठकमा तिव्र आलोचना हुने गरको छ । पैसाको लोभमा जे पनि गर्ने भुजेलले सवै आलोचना सहदै आफ्नो आर्थिक समृद्धिको बाटो अपनाएको वृन्दावन नगरपालिकाका एक वडा अध्यक्षले बताएका छन् । भुजेलले यस भन्दा पहिला अपनाउदै आएको रणनीति अनुसार एकै पार्टीबाट चुनाव जितेका मेयर र उपमेयरवीच फाटो ल्याउने काम गरेका छन् । उनको यस्तो व्यवहारको वृन्दावन कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले चर्काे आलोचना गर्दै आएका छन् ।

लोकप्रिय