प्रधानाध्यापक सरुवा गर्दा बिद्यार्थीहरु आन्दोलित , २ दिन देखि बिधालयमा ताल्चा लगाइ पठनपाठन गराए बन्द ।

रौतहट १८ माघ । अरबिन्द यादव

रौतहटको यमुनामाइ वडा न. २ स्थित श्री माध्यमिक विधालय भेडीयाहीको प्रधानाध्यापकको सरुवा गरेको बन्दै बिधालयका बिद्यार्थीहरु बिधालयमा ताल्चा लगाइ २ दिन देखि प्रधानाध्यापकको सरुवा बदर गराउन माग गर्दै आन्दोलनमा उत्रेका छन । गाउँपालिकाले बिधालयका प्रधानाध्यापक उपेन्द्र यादवको सरुवा गाउँपालिका भित्रका श्री जनता माध्यमिक विधालयमा सरुवा गरेका छ्न । यमुनामाइ मा. वि का प्रधानाध्यापक विरेन्द्र यादवको सरुवा मा.वि. भेडियाहीमा गरेका छन । हामीलाई पुरानै प्रधानाध्यापक चाहियो हामी नयाँ प्रधानाध्यापकलाई हाजिर हुन दिन्दिन भन्दै आन्दोलनमा उत्रेका छन । हिजो सरुवा भएर आएका नया प्रधानाध्यापक बिरेन्द्र यादव विरुद्ध बिद्यार्थी हरु नारावाजी गर्दै कक्षा संचालनमा समेत अवरुद्ध गरेका थिए । आज बिद्यार्थीहरु गाउँपालिकामा पुगी कार्यालय घेराउ गरेका छन । पुरानै प्रधानाध्यापक नआउन्जेल सम्म बिधालय संचालन हुन नदिने बिद्यार्थीहरुले प्रतिक्रिया दिएका छन । बिगत ७ वर्ष देखि प्रधानाध्यापकको रूपमा कार्यरत उपेन्द्र यादवको सरुवा जनता मा वि सरुअठा हुँदा त्यहा का शिक्षक बिद्यार्थीहरु भव्य तरिकाले स्वागत गरेका छन । तर नयाँ सरुवा भएर आएका बिरेन्द्र यादवलाइ बिद्यार्थीहरु बिधालय आउन समेत रोक लगाएका छन ।

लोकप्रिय