रौतहटकाे चन्द्रपुरमा रहेको जनजागृती पुस्तकालय संचालनमा ।

रौतहट २२ भदौ ।

रौतहटको चन्द्रपुर–४ मा रहेको जनजागृती पुस्तकालय आज देखि संचालनमा आएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले पुस्तकालयको उदघाटन गर्नुहुदै पुर्बाधारको बिकास भएको पुस्तकालय लाई आबश्यक पुस्तक र प्रबिधिको लागि नगरपालिकाले पाँच लाखको सहयोग गर्ने बताउनु भयो  । नगरपालिका लाई यस आर्थीक बर्ष आर्थीक संकट भएपनि पुस्तकालयको सहयोगको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सोही अबसरमा पुस्तकालयले साहित्यकार मोतीराम भट्ट को १५५ औ जन्मजयन्तीको अबसरमा नगरस्तरीय हाजिर जवाफ प्रतियोगिताको आयोजना गरेको छ । पुस्तकालय उदघाटन सत्रमा इलाका प्रशासन कार्यालय चन्द्रपुरका उपसचिव डोलेन्द्र निरौला, बिर दल गुल्मका प्रमुख सेनानी राजन दाहाल, डिभिजन बन प्रमुख अमरदेव यादव, वडा अध्यक्ष अमर बहादुर आले, पत्रकारहरु संजय कार्की, फणि महत, पुर्व वडा अध्यक्ष कृष्ण प्रसाद तिमल्सिना, वडा सदस्य प्रेमा तिमल्सिना, साहित्य प्रेमी, बिधार्थी, अभिभावकहरु, पुस्तकालय अभियान्ताहरुको उपस्थिती रहेको छ ।

पुस्तकालय अभियान समूह मकवानपुरका सुरेश श्रेष्ठले अभियानको तर्फ बाट ५० हजार बराबरको करिव  १५० थान कितावहरु सहयोग गर्नु भएको छ । सो  समुहले मकवानपुर, बारा, रौतहटमा जिल्लामा गरि १३ वटा  पुस्तकालयमा कितावहरु सहयोग गर्ने सोही कार्यक्रममा श्रेष्ठले बताउनु भयो । जनजागृती पुस्तकालय कप्तानटोलका अध्यक्ष भुमिलाल न्यौपानेको अध्यक्षतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालय उदघाटन शत्रमा शुभकामना मन्तब्य डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेब यादव, वडा अध्यक्ष अमर आले, पत्रकार संजय कार्की, पुर्व वडा अध्यक्ष कृष्ण तिमल्सिनाले पुस्तकालयको दिगोपन,व्यवस्थापन र संचालनको निरन्तरताका लागि साथ र सहयोग रहने धारणा राख्नु भएको हो ।

बक्ताहरुले पुस्तकालयलाइ कितावहरु सहयोग गर्ने प्रतिबद्घता समेत व्यक्त गरेका छन । पुस्तकालयका अध्यक्ष न्यौपानेले पुस्तकालय लाई सवैको सहयोगको आवश्यक रहेको बताउनु भयो । सो पुस्तकालयको २०५१ सालमा स्थापना चन्द्रपुर–४ कप्तानटोलमा गरिएको हो । दुई तल्ले पुस्तकालयको हल सहित ७ वटा कोठा रहेको छ । कार्यक्रमको संचालन पुस्तकालयको सचिब सुमन घिमिरेले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष शेखर पहाडीले गर्नु भएको हो । 

लोकप्रिय