रौतहट २२ भदौ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्माचारी ८ हजार रुपैयाँ घुससहित रंगेहात अख्तियारको फन्दामा परका छन् ।
सेवाग्राहीसंग ८ हजार रुपैयाँ घुस लिइरहेका सिडिओ कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय बर्दिबासको टोलिले नियन्त्रणमा लिएको हो ।
नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने प्रयोजनामा घुस लिइरहेका चौधरीलाई मंगलबार साँझ जनकपुरको क्याम्पस चोकस्थित एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । सभार टुडेपाटी ।