रौतहट २० माघ ।
रौतहटको बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलका कारण सो नगरपालिकामा रहेका सामुदायीक विद्यालयका शिक्षकहरु समस्यामा परेका छन् ।
वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलका कारण वृन्दावन नगरपालिका अन्तर्गतका सबै विद्यालयका दिवाखाजा कार्यक्रम प्रभावित भन्दै गएको छ । अधिकृत भेजुलले चालु आर्थिक वर्षको ६ महिनको भुक्तानी नदिदा दिवा खाजा कार्यक्रम सो पालिकामा प्रभावित बनेको हो ।
सो नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकका अनुसार ६ महिनादेखि दिवा खाजाको रकम भुक्तानी नदिदा दिवा खाजा कार्यक्रम नै बन्द गर्ने अवस्था आएको बताए । नाम खोलाउन नचाहेका ती प्रधानाध्यापकले भने, उधारोमा पसलबालाहरुसँग खाजाको समान ल्याउदै आएको र अब उधारो दिन पसल साहुहरु आनाकानी गर्न थालेका छन् । अब भुक्तानी नदिए दिवा खाजा कार्यक्रम कसरी चलाउ ? सकस भयो ति प्रधानाध्यापकले भने । समाचार स्रोतका अनुसार भुजेलले कमिसन नपाएका कारण दिवा खाजाको भुक्तानी रोकिएको हो । उनले कमिसन दिनेलाई भुक्तानी दनादन गर्ने र कमिसन नदिनेको भुक्तानी रोक्ने गरेको समाचार स्रोतको दाबी रहेको छ । सो पालिकामा प्रमुख प्रशासकीय अधिकृत भुजेलले कार्यालय समयमा कार्यालयमा नबस्ने गरेरका कारण स्थानीयले सास्ती खेप्दै आएकाछन् ।
सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेलले मेयर र उप मेयर बिच फाटो ल्याउने काम गरेका कारण उनीहरु बिचनै बोलचाल बन्द भएको छ । कमिशन बिना कामै नगर्ने बाँनी परेका भुजेलका कारण नगरपालिकानै अस्त व्यस्त बनेको भन्दै सो नगरपालिकाका निर्वाचित केही जनप्रतिनिधि भुजेलको सुरुवाको माग गर्दै मन्त्रालय सम्म पुगेको समाचार स्रोतले बताएको छ । यस भन्दा पहिला रौतहटकै ईशनाथ नगरपालिकाको प्रमुख हुदा भुजेलले त्यहाँ समेत मेयर र उप मेयर बिच फाटो ल्याएर आफ्नो दुनो सोझ्याउने काम गरेका थिए ।