बौद्धिमाई नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न ।

रौतहट २७ भदौ ।

रौतहटकाे बौद्धिमाई नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ ।

सरमुजवा स्थित नया निर्माण भएको सीता पैलेस बिबाह भवनमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा अधिवेशन २०७८/०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ ।

राष्ट्रिय गानबाट सुरु भएको नगरसभामा ज्ञात-अज्ञात सहिदहरूकाे सम्झनामा उहाहरुको फोटोमा माला चढ़ाई, टिका गरी सम्झना गरिएको थियो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख राजिव रंजन यादवले पासमा बति बालेर नगरसभाकाे उदघाटन गर्नु भएको थियोे ।

नगर प्रमुख राजिव रंजन यादवको सभाध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८/०७९ मा नगरको समग्र विकासका लागि ४३ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको हाे । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि बौद्धिमाई नगरपालिकाले आफना पाँचौ नगरसभाबाट ४३ करोड ६ लाख ६३ हजार ८ सय ६३ रूपैया बजेट विनियोजन गरेको छ ।

यसको व्यय तर्फ आन्तरिक आयबाट रु ४० लाख ,संघीय सरकार राजस्व बाँडफाँडबाट रु ७ करोड़ ४४ लाख ८३ हजार,संघीय सरकार वित्तिय समानिकरणबाट ११ करोड़ २८ लाख,संघीय सरकार सशर्त अनुदान १२ करोड़ ३७ लाख, प्रदेश सरकार वित्तिय समानिकरणबाट ७६ लाख ६६ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ३० लाख ८४ हजार ८ सय ६३, सड़क बोर्डबाट २१ लाख ३० हजार, सामाजिक सुरक्षा अनुदान १० करोड़ रु बहुक्षेत्रीय कार्यक्रमबाट २८ लाख रूपैया रहेको मेयर यादवले बताए।

कार्यक्रममा स्वागत मन्तव्य बौद्धिमाई नगरपालिकाकी उपमेयर प्रेमलाता कुशवाहाले राखेकी थिइन भने वर्डा नम्बर १ देखि ९ सम्मका वड़ाअध्यक्षहरुले आफ्नो मन्तव्य राखेका थिए।

त्यस्तै नगर प्रमुख यादवले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुको साथै यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, खानेपानी तथा सरसफाई, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव,स्वास्थ्य प्रमुख , नगर कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु , कर्मचारी, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनितिक कर्मी,सुरक्षाकर्मी, पत्रकार, संचारकर्मीहरु लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय