रौतहटबाट ४० किलो चाँदी सहित एक जना पक्राउ ।

रौतहट ०५ असाेज ।

रौतहट जिल्लाको सदरमुकाम गौर बसपार्कबाट ४० किलो चाँदी सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा न २ घर भएका ३५ बर्षिय बिध्यानंद साह रहेको छ ।  अस्थायी प्रहरी चौकी बसपार्कको प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा काठमाडौँबाट गौर आएको ज्वाला डीलकश बसबाट बाहिर झर्दा संका लागेर चेक जांच गर्दा ४० किलो चांदी २ वटा कालो झोलामा २०/२० किलो गरि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चाँदीको गहना सहित पक्राउ गरिएको व्यक्तिलाई थप्प अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भईरहेको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताउनु भएको छ ।

लोकप्रिय