रौतहटको बौधिमाई नगरपालिकाको छैठौं नगरसभा सम्पन्न ।

रौतहट २६ माघ ।

रौतहटकाे बौधिमाई नगरपालिकाको छैटौ नगरसभा बिहिबार सम्पन्न भएको छ । नगरपालिकाले विभिन्न बाधा अवरोधले गर्दा असाढ १० मा हुने निति तथा कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । रौतहटको बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादवले गत असाढ १० गतेका दिन गरेको नगर सभा गणपुरक संख्या अपुग भएकाले रद्द भएका थिए। तत्पश्चात विभिन्न जनप्रतिनिधिहरुको आपसी असन्तुष्टिका कारण अहिलेसम्म नगरसभामा ढिलाइ भएको उपस्थित जनप्रतिनिधिहरुले बताएका छन्। `ढिलो भयो तन्दुरुस्त भयो´ वडा अध्यक्ष तुरन्त नरायणयादवले बताए।

नगरप्रमुख प्रदिप कुमार यादवले उद्घाटन गरेको नगरसभाले सभामा चालू आवका लागि कुल बजेट ५४ करोड ८२ लाख ८३ हजार रकम प्रस्तुत गरेका छन्।

नगरसभामा उपप्रमुख प्रमिला जैसवालद्वारा प्रस्तुत प्रतिवेदनमा संघ र राजस्व वितिय समानिकरण:९ करोड २ लाख २७ हजार,संघ समानिकरण अनुदान – ११ करोड ९६ लाख, संघ सशर्त अनुदान (चालू) १२ करोड ८८ लाख ७५ हजार,संघ सशर्त अनुदान (पुजिगत) २ करोड ७८ लाख ५० हजार,प्रदेश राजस्व वाडफाड-३२ लाख ९१ हजार ७ सय १८, प्रदेश समानीकरण अनुदान – ७६ लाख ६६ हजार,प्रदेश सरकार स-शर्त अनुदान. २ करोड २५ लाख,प्रदेश विशेष अनुदान (पुजिगत)- ३० लाखा ,प्रदेश सम्पुरक अनुदान ( पुजीगत) २० लाख,सडक बोर्ड नेपाल :- ३३ लाख, आन्तरिक आय (घर जग्‌गा रजिष्ट्रेशन) शुल्क तथा अन्य आय समेत:- २करोड ३४ लाख ८१ हजार ७ सय ९०
,समाजिक सुरक्षा अनुदान ११ करोड ४८ लाख ९१ हजार ५ सय ५८,बहुक्षेत्रीय पोषण कार्यक्रममा १६लाख गरि जम्मा बजेट ५४ करोड ८२ लाख ८३ हजार प्रस्तुत गरेकी छन्।

नगरसभामा नगरप्रमुख यादवलेले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि आफ्नो टिम केन्द्रित रहेको बताए । प्रमुख यादवले इमन्दारिता र आर्थिक पारदर्शीका आधारमा काम अघि बढाइने भन्दै सबै पक्षको सकारात्मक सहयोगले काम गर्न थप ऊर्जा मिलने समेत बताए। नगरसभामा वडा नम्बर ४ का वडा अध्यक्ष तुरुन्त नरायण यादवले उद्घोषण गरेका थिए भन्ने वडा नम्बर ९ का वडा अध्यक्ष मुक्ति नरायण यादव,वडा नम्बर ८ का वडा अध्यक्ष बिन्देश्वर यादव,वडा नम्बर ५ का वडा अध्यक्ष लक्षमी नरायण यादव लगायतका वडा अध्यक्षहरुले आफ्नो मन्तव्य राखेका ।

लोकप्रिय