गढीमाई नगरपालिकामा दाईजो प्रथा सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन ।

रौतहट ०९ असाेज ।

रौतहटकाे गढीमाई नगरपालिकामा दाईजो प्रथा सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन भएको छ । रौतहटको गढिमाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरि किशोर साहको अध्यक्षतामा तथा सामुदायी प्रहरी साझेदारी कार्यक्रमको सहकार्यमा गढिमाई नगरपालिकाको सुन्दरपुर चोकमा दाईजो प्रथा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्री राम भण्डारी जनाएका छन । दाईजो प्रथा सम्बन्धी जनचेतना मुलक कार्यक्रम उपस्थित भएका ब्यक्तीलाई यो प्रथाको बारेमा बताएका थिए । कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीले दाईजो प्रथा एक ठुलो अभिशाप हो । यो प्रथालाई हाम्रो समाजबाट हटाउनु पर्छ । यो प्रथाको कारण धेरै जनाको ज्यान पनि गएको बताएका थिए । हाम्रो समाजमा उमेर नहुँदा पनि छोरीलाई बिवाह गर्दा त्यो पनि एक कानुन अपराध हो भनि जानकारी दिएका थिए । पैसाको लोभमा बिवाह गर्दा सम्बन्ध पनि कमजोर भएको पुष्टि भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष ह सामाजिक सङ्गति, विसङ्गति दुवै रूपमा विश्लेषण गर्ने गरिन्छ । दाइजो लेनदेनले धेरै विकृति सृजना गरेकोले त्यस कोणबाट धेरै मूल्याङ्कन गरिन्छ । विवाहको अवसरमा छोरीका बाबुआमा अथवा आफन्तले दुलहा र उसका परिवारलाई दिइने नगद वा जिन्सी सामानलाई दाइजो भनिन्छ । दाइजो प्रथा हाम्रो समाजमा कुनै न कुनै रूपमा वैदिक कालदेखि नै चल्दै आएको पाउँन सकिन्छ । समाजको प्रचलन अनुसार वैवाहिक संस्कार सम्पन्न गर्दा कतैवधूमूल्य लिनेचलन छ भने कतैदाइजो तिलक दिने चलन पाउन सकिन्छ । समयको विकाससँगसँगै दाइजोप्रथा कतै स्वेच्छिक रूपमा प्रचलनमा छ भने कतै बाध्यात्मक रूपमा पनि रहेको पाउन सकिन्छ । दाइजोप्रथाका किसिम जे जस्ता भए तापनि यसलाई मानव समाजले सामाजिक विसङ्गतिका रूपमा लिने गरेको छ । आजभोलि दाइजोप्रथा विरूद्धका आन्दोलन पनि हुनेगरेका छन्। दाइजोको नाउँमा सृजना हुने विसङ्गतिहरूमा महिलाहरूलाई गरिने दुव्र्यवहार, गर्भको बच्चाको लिङ्ग पहिचान गरी छोरी भए गर्भ तुहाउने वा भु्रण हत्या, बालिकाहरूमा देखा पर्ने कुपोषण, घरेलु हिंसा, मानसिकएवम्शारीरिक यातना, दाइजोका कारण हुने मृत्युर ज्यान लिने काम आदि मानव अधिकार विरूद्धका क्रियाकलाप हुन्। यस्ता अनगिन्ति विसङ्गतिपूर्ण अवस्था र कानुनी निषेधको व्यवस्था हुँदाहुँदै पनि दाइजोप्रथा प्रचलनमा रहेकै छ र यसको गतिविधि तथा प्रचलन झन वढ्दो रूपमा छ । यस्ता प्रथालाई हाम्रो समाज भएका युवा लगायत सबै जना मिली त्यसलाई एक जुट भई हटाउनु अति नै आवश्यक रहेको बताएका थिए । यस्ता प्रकारका कार्यक्रम ल्याई हाम्रो समाजमा जागरुकता बनाउनमा सहयोग गर्ने सामुदायिक प्रहरी साझेदारीलाई बिशेष धन्यबाद दिएका थिए । सो दाईजो प्रथा कार्यक्रममा स्थानिय भद्रभलादमी,समाजसेवी, महिला लगाएत ३०/३५ जना मानिसहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय