रौतहट २७ माघ ।
राैतहटकाे राजदेवी नगरपालिका वडा नम्बर ९ स्थित श्री माध्यमिक विद्यालय ब्रह्मपुरी राजदेवी न पा ९ राैतहटमा आजदेखि छात्राछात्रतर्फ सदनस्तरीय प्रतियाेगिता सुरू भएकाे छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमताकाे विकास गर्ने उद्देश्यसहित विद्यालयमा कबड्डी,हाजिरीजवाफ र शब्द निर्माण प्रतियाेगिता सुरू भएकाे छ । ” विद्यार्थीहरूकाे शैक्षिक विकासमा हाम्रो सहभागीता” नारा सहित यस विद्यालयकाे प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तव तथा उहाँकी श्रीमती सरीता कुमारीकाे सहयोगमा ” दिपेन्द्र सरीता श्रीवास्तव creative competition” सुरू भएकाे हाे । विद्यार्थीहरूकाे पढाइमा कुनै किसिमकाे बाधा नपर्ने गरि अतिरिक्त समयमा गरिने साे प्रतियाेगिताले विद्यार्थीमा थाेरै मात्रामा भएपनि प्रतिस्पर्धात्मक भावनाकाे विकास गर्ने विद्यालयकाे सूचना अधिकारी राम विश्वास मुखियाले जानकारी दिनुभयाे । प्रतियाेगितामा विद्यालयमा गठित मधेस , बाग्मती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम सदनका सहभागिता रहेकाे छ । प्रतियाेगिताकाे उद्घाटन कार्यक्रममा शिक्षा मन्त्रालयकाे पूर्वसहसचिव सुशील पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीकाे शैक्षिक,शारीरिक र मानसिक विकाससँगै चाैतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै श्रीवास्तव दम्पतीले गर्नुभएकाे सहयोगकाे सरहना गर्नुभयाे । प्रतियाेगितामा सफल हुने समूह र विद्यार्थीहरूलाई कप,मेडल र प्रमाणपत्र दिइने रेफ्री नन्दकिशोर पंडितले बताउनुभयाे । प्रतियाेगिता अन्तर्गत आज भएकाे खेलमा छात्रतर्फ लुम्बिनी प्रदेश र छात्रातर्फ गण्डकी प्रदेश जित निकालेकाे छ ।।।