अरविन्द यादव
रौतहट ,२८ माघ।
रौतहटको वृन्दावन नगरपालिकाबाट व्यक्तिगत आर्थिक लाभ लिने अभिप्रायलाई निरन्तरता दिन प्रयास गर्न खोजेको नगर प्रमुख बिनोद प्रसाद कुर्मीले आरोप लगाएका हुन् ।
चुनाव जित्नु पश्चताप नेपाल कम्युनिस्ट एकीकृत समाजवादी पार्टीबाट निर्वाचित वर्तमान वृन्दावन नगरपालिकाको मेयर बिनोद प्रसाद कुर्मीले जनताको विकास ,समाजको उत्थान योजना अगाडि सारेको जुन तत्कालीन मेयर लगायत प्रत्यासीहरुलाई अपछ भएको आरोप लगाएका छन् ।
सता पक्षको विरुद्धमा सम्पूर्ण पार्टी लागेको साथै तत्कालीन मेयर रामस्नेही यादवलाई हुने खाने भाडो बनाई आर्थिक लाभ लिने गरेको पद्धति कायम गराउन नगरपालिका र मातहत रहेको शाखा कार्यालय माथी संघातिक हमला गरेको मेयर कुर्मीले बताए।
वृन्दावन नगरपालिका वर्डा नम्बर १ रमौली घाटको बालुवागिटी संबंधित पटकपटक टेण्डर प्रक्रिया आह्वान गरेपनी टेण्डर खरिद गरिएन ,टेण्डर खरिद नहुन दिन आर्थिक लाभ तत्कालीन मेयर यादवसंग लिदै आएका गिरोहरुको ठूलो षड्यन्त्र रहेको थियो।
४ वटा क्रोसर उद्योग संचालन रहेको वृन्दावन नगरपालिका भित्र नदीजन्य पदार्थलाई व्यापक दुरुपयोग गरेकोमा वृन्दावन नगरपालिका कार्यालयले उद्योगको सम्पूर्ण कागजात पेश गर्न परिपत्र काटेको थियो।उक्त उद्योग संग कुनै कानुन बमोजिमको प्रक्रिया नपुगाई संचालन गर्न गरेको पाइएको मेयर कुर्मीले बताए।
बारम्बार नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीमाथी गुण्डाको शैलीमा संघातिक हमला गर्न गरेको प्रती बाध्य भएर स्थानीय सरकार प्रमुख भएतापनी सडकमा उत्रनुपरेको अवस्था बनाएको विश्रामपुरका सवै राजनिती पार्टीका नेतृत्व गर्ने तत्कालीन मेयर रामस्नेही यादव,प्रत्यासी प्रेमशंकर यादव नेकपा एमाले,रामप्रसाद पटेल नेकपा माओवादी,वृन्दावन नगरपालिका वर्डा नम्बर २ का अध्यक्ष सिकिन्द्र पटेल,वर्डा नम्बर ४ का अध्यक्ष श्याम नन्दन यादव,वर्डा नम्बर ३ का अध्यक्ष हरिनारायण साह सहितका गिरोहहरु हो उनले बताएका थिए।
तत्कालीन मेयर रामस्नेहीको कार्यकालमा भुक्तानी बाकी रहेको रकम भुक्तानी गराउन कुनै कसर छोडेको छैन,त्यो शिर्षकमा रकम उपलब्ध नरहेकोमा कसरी भुक्तानी दिने मेयर कुर्मीले बताए।
भुक्तानी र आफू खुशी चाहेको आर्थिक लाभ पूरा नभए पछि यी गिरोहद्वारा निर्देशित समुहले रमौली घाटको वृन्दावन नगरपालिकाले अमानतमा बालुवा गिट्टीको उठेका रकम,सम्बन्धि सम्पूर्ण कागजातलाई लुटपाट गरि लगिएको विषय बारे स्थानीय प्रशासन समेतलाई जानकारी गराउदापनी मुख दर्शक बनेको मेयर कुर्मीले लगाएका थिए।
स्थानीय प्रशासनले उक्त घटनाहरुमा संलग्न रहेको ,साथै सता विपक्ष सवै दलका निर्देशित गरेको समुहद्वारा संघातिक हमला गराएको समेत मेयर कुर्मीले बताए।उक्त हमलाबाट गम्भीर घाईते बनाउने व्यक्तिलाई यथाशीघ्र पक्राउ गरि कानुनको दायरा ल्याई माग गर्दापनी नगरेकोमा बाध्य भएर २ घण्टे सडक जाम गरि धर्नामा बसेको मेयर कुर्मीले बताए।
प्रहरीको आश्वासन कार्यवाही गर्न आएकोमा उक्त सडक जाम दुई घण्टा पछि भोलि विहान ८ सम्म आवश्यक कार्यवाही गर्न समय सिमा दिएको मेयर कुर्मीले बताए।