रौतहट २ फागुन ।
हात्तिपाईले रोग विरुद्धको औषधी अनिवार्य रुपमा सवैले खानु पर्ने रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादव बैजुले आग्रह गर्नु भएको छ ।
माधवनारायण नगरपालिका स्तरीय आम औषधी सेवन अभियानाको योजना तर्जूमा तथा बहुनिकाय गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले, यस अभियानद्वारा जिल्ला र पालिका हात्तिपाईले रोगबाट उन्मुलन हुने भएकोले सवै पक्षको साथ सहयोग आवश्यक रहेकोले, अभियानलाई सवैले सहयोग गर्नु पर्ने बताए ।
सवैले हात्तिपाईले रोग विरुद्धकाो औषधि सेवन गरौ, अशक्त, अपांग र कुरुप गराउने दीर्घ रोगबाट आफु पनि बचौ, अरुलाई पनि बचाऔ भन्ने मुल नाराका साथ माधनारायाण नगरपालिको स्वास्थ्य शाखाको आयोजनामा नगरप्रमुख बैजनाथ यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको वारेमा स्वास्थ्य संयोजक श्याम जी राय र सह संयोजक राजेश यादवले जानकारी गराएका थिए । नगरपालिकाको सभा हल माधोपुरमा भएको कार्यक्रममा, उपमेयर, सवै वडा अध्यक्ष, पालिका अन्तरगतका स्वास्थ्य संस्था ईन्चार्ज, विद्यालयका प्रधानाध्यापक, पत्रकार, सुरक्षाकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।