रौतहट ,२ फाल्गुन ।
रौतहटको सदरमुकाम गौर -टिकुलिया लालबकैया खोलामा पप्पु कन्ट्रक्सनले अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथा शिघ्र निर्माणका लागि लालबकैया खोलाको बगरमा स्थानीय संजय सहनीले आमरण अनशन आज दोस्रो दिन कार्यक्रम गरेका हुन् ।चौथो अंगमा संचार रहेको सर्विददै छ,पत्रकारिताबाट देश तथा समाजको लागि दिन रात खटेर सेवा गर्दै आइरहेको गौर नगरपालिका वर्डा नम्बर ४ निवासी पत्रकार सजय सहनीले पप्पु कन्ट्रक्सनले लाल बकैया पुल निर्माणकार्य अलपत्र पारेकोलाई सुचारु गराउन आफू ज्यान गुमाउनु पर्ने भए ज्यानै गुमाउछु आमरण अनशन बसेर नेपाल पत्रकार महासंघ रौतहट शाखा स सचिव समेत रहेका स्थानीय पत्रकार संजय सहनीले पत्रकारसँग गरेको कुराकानीमा भनेका थिए।
गत माघ मसान्त एक व्यापारीले पेट्रोल शरीरमा छरेर आत्म दाह पनि गरेको थियो सरकारले न्यान नदिएको भन्दै आगो लगाई मरेका थिए।
सरकारको कयौ प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्रीहरु फेरिए तर लालबकैया पुल निर्माणकार्य अलपत्र अवस्थामा रहेको १० वर्ष पुग्न लागेको छ।अलपत्र अवस्था पार्ने मुख्य जिम्मा लिएका पप्पु कन्ट्रक्सनको मालिक हरिनारायण रौनियारलाई यथास्थितिमा सरकार भुक्तानी गरेको रकम फिर्ता गराई थप आवश्यक कार्यवाही बढाउन तथा अलपत्रमा रहेको पूललाई निर्माणकार्य दृत गति गराउन आमरण अनशन बसेको स्थानीय सहनीले बताएका थिए।
रौतहटको सदरमुकाम गौरको पश्चिम पट्टि बाध किरान अवस्था लालबकैया नदीमा विगत ८ वर्ष देखि पूल निर्माणकार्य अलपत्र अवस्था रहेको छ।गुणस्तर हिन ,कमसल निर्माणकार्य गरेको ,खिया लागेको रड प्रयोग गरिएको फेला पारेको पनि थियो।त्यस पश्चात् निर्माणकार्यको चौतर्फी आलोचना सुरु भएको थियो।कानुनी कार्यवाही गरि पप्पु कन्ट्रक्सनका मालिक समेत रहेका हरिनारायण रौनियारको पर्सा जिल्लाका तत्कालीन सांसद पद पनि चट पारिएको थियो।
पप्पु कन्ट्रकसनले २०७१ सालमा सम्झौता गर्दा ०७४ माघ २९ मा काम सम्पन्न गर्ने तय भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण काम पूरा गर्ने पप्पु कन्स्ट्रक्सनले जनाएको थियो । पुलको पश्चिमतिरको दुईवटा गडरको काम भए पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ।
यी मागहरु पूरा हुनमा साह्रै संखा उब्जिएको पनि छ,रौतहटका पोल निर्माणकार्य अलपत्रमा रहेको क्षेत्रका गौर ईशनाथका वासीहरुले मत दिएर संसद भवन पठाइएको तर जनता समस्या संसद भवनमा राख्न आ आफ्नो क्षेत्र जनताको सामुहिक समस्या तथा सेवा छिटोछरितो सम्बन्धि सरकारलाई ध्यानाकर्षण गर्न पठाएको जस्ट विपरीत मा.माधव नेपाल भाषण गरेका थिए।
अर्को जिल्लाको मिटर व्याजी सम्बन्धि कुरा संसद भवन राखेको तर आफ्नो गृह जिल्ला रौतहटको सदरमुकाम गौर -ईशनाथ नगरपालिका जोड्ने लाल बकैया पुल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बारे संसद भवनमा केही नबोल्नु कति जायज छ।केही नबोल्नु द्वय चरित्र प्रस्तुत गरेको र २० ७५ साल श्रावण मसान्तमा ढुङ्गा दुर्घटना भएका पार्थिक शरीर र घटनाबारे ससंद भवन केही न बोल्ने मा. माधव नेपाल नै हो जानकारी बताउँछन् ।
चुनावको बेला लम्बा भाषण दिई अलपत्र परेको निर्माणकार्यलाई जिते पश्चात् सरकारलाई ध्यानाकर्षण गराई सुचारु गराउने आश्वासन मात्र दिने गरेको तर कतिको कार्यव्ययन भएको त प्रश्न कडा विगत एक दशक भित्रमा आम समुदायलाई थाहा भएकै विषय स्थानीय संजय सहनीले बताए।यस्ता कयौं पूर्व प्रधानमन्त्री ,मन्त्री र प्रथम मुख्यमन्त्री ,वर्तमान मुख्यमन्त्री लगायतका राजनिती दाउ सेक्न निर्माणकार्य गुणस्तर हिन हुँदै अलपत्र रहेको कार्य सुचारु गराउने प्रतिबद्धता उधारो गर्न गरेकोले अब हाम्रो मागलाई सम्बोधन गर्न आउने संबंधित निकायका प्रतिनिधि ,गौर इशनाथ नगरपालिकाका वासीहरुसंग कागजी सिमित समय भित्र निर्माणकार्य सम्पन्न हुने सम्झौता गर्नु पर्ने अडान राख्दै आमरण अनशन गर्ने बाध्यता रहेको सहनीले बताए।साथै अलपत्र रहेको लाल बकैया पुल निर्माणकार्य सम्पन्न गराउन मैले ज्यानै गुमाएर सम्पन्न हुन्छ भने ज्यानै गुमाउन तयार रहेको सरकारलाई चेतावनीसमेत दिएको सहनीले बताए।
गौर नगरपालिकाको मेयरले मा. माधव नेपाल संग आमरण अनसन बस्ने स्थानीय संजय सहनीलाई फोन मार्फत कुराकानी गराइएको भिडियोमा नेपाल कम्युनिस्ट पार्टी(एस)का केन्द्रिय अध्यक्ष पूर्व प्रधानमन्त्री माननीय माधव नेपालले भने जनता मलाई जिताएर पठाएको स्विकार्दै भने अलपत्रमा परेको लालाबकैया पुल निर्माणकार्य सम्बन्धि आमरण अनसन ठिक छ तर अनशनमा ऐक्यबद्धता जनाउन सोचेर पछि भन्छु अहिले काम छ।
मलाई आमरन अनसन बस्नु कुनै रहर थिएन। तर तपाईंहरुको अन्धोपन र बहिरोपनलाई ठिक गर्न बाध्यबस अनसन बसेको हु ।
मेरो ज्यान गए केहि फरक पर्दैन ,म मरे पनि मेरो सन्तती र इशनाथ र गौर नगरपालिकाको आमाबुबा, दिदी बहिनी र दाजु भाईले पुलबाट ओहोरदोहोर गर्न पाओस् भन्ने चाहना छ।
•हिउँदमा लच्का बास र काठले बनेको पुल र बर्सामा डुङ्गाको भरमा यात्रा गरि ज्यानको बाजि कहिले सम्म लगाउछौ होला सरकार ?यो पनि जवाफ दिनुहोला ।पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ ।
होइन भने पुल निर्माण नहुँदा खेती गर्न जानपरे,औरैया बाट सदरमुकाम गौर ,छिमेकी मुलुक भारत जान परे १५ देखि २५ किलोमीटर भन्दा बढी घुमेर आवत जावत गर्नु पर्ने सास्ती कहिले सम्म सहने ?
•सरकार अर्को कुरा पनि गौर -इशनाथको जनतालाई झुठा आश्वासन कहिले सम्म ?
•२०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सबार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो । डुंगामा सबार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए । घटनालगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुल हेर्न टिकुलिया पुगे । ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै सक्न पहल थाल्ने आश्वासन दिएर हिँडे ।उहाँको सरकार ५ बर्स टिक्यो तर पुल बनेन ।अहिले पनि उहाँ कै जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार छ ।मुख्य मन्त्री जसपा कै राम सरोज यादब छन् केही होला कि सोध्न चाहन्छु?
•त्यसै घटनाको मृत्कलाई क्षती पुर्ती दिलाउन ठेकेदार माथी मुद्दा दिन लगाएर तत्कालीन नेकपाका नेता एवं पुर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगत सहित मधेस प्रदेश कमिटी सदस्य एवं हाल गौर नगरपालिकाको मेयर शम्भु साह निकै सराहनीय भुमिका खेल्नु भएको कुरा याद छ।मृतकले क्षती पुर्ती पनि पाए ।तर उहाँले पनि पुल बनाउन पटक-पटक ताकेता गरेको र अब निर्माण कार्यमा ढिलाई हुन्न भन्नू भएको थियो ।उहाँ पद र पावरमा नभएर प्रयास बिफल भयो होला।तर अहिले मेयर हुनु भाछ केहि होला कि ? सोध्न चाहन्छु?
•त्यसअघि तत्कालीन नेकपाका बरिस्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधब नेपाल ,उहाँ अहिले रौतहट क्षेत्र न.१ का सांसद हुनुहुन्छ।रौतहट क्षेत्र न.१ का पुर्व सान्सद अनिल झा ,पुर्व मेयर अजय गुप्ता ,प्रदेशका पुर्व मन्त्री डिम्पल झा सहित उहाँ मात्रै होइन। तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ,बिकास समिती सभापति कल्यानी खड्का पनि पुल हेर्न टिकुलिया पुग्नु भएका थिए । पुलको अवस्था हेरेपछि उहाँहरुले ठेकेदारलाई कडाइ गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको भन्नू साथै गाउँलेलाई पुल निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँडेको दिन याद छ। अरु संग त होईन हाम्रो क्षेत्रको सान्सद माधव नेपाल संग सोध्न चाहन्छु हजुर बाट केही होला भन्ने आसा र अपेक्षा राखौ कि नराखौ??
•गतवर्ष तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ तत्कालीन नेकपाका प्रदेश दुई का अध्यक्ष पुर्व मन्त्री प्रभु साह सहित आएर पुल हेरेर फर्किएका थिए।अर्को चोटि सरकार फेरिपछि भौतिक मन्त्री बन्नु भएकी रेनु यादब पनि पनि पुल हेरेर फर्किएका थिए । उनको आश्सावन पनि पहिले आउने जानेभन्दा कम थिएन् । मन्त्री नेम्वाङ र यादबले पनि पुल निर्माणमा किन ढिला भएको हो भन्ने यथार्थ बुझ्ने र काम अघि बढाउन पहल थाल्ने भनेको कुरा याद छ।
यो त अति भएन र सरकार ?पुल हेर्न आउने जाने जनतालाई झुठा आश्वास र दिलासा कहिले सम्म दिनु हुन्छ?यसको जवाफ चाहिएको छ।
सरकारका मन्त्री र सासंदलगायतले अलपत्र पुल हेर्ने अनि चाँडै निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँड्ने गरेको देखेर दिक्क लागे पछि आमरण अनसन बसेको र पुल निर्माणका लागि ३ तहको सरकारबाट ठोस प्रतिबद्धता आउनु पर्ने माग रहेको छ।
र अन्त्यमा सम्मानिय प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्ड ज्यु!
तपाई न्याय स्वतन्त्रता समानता र बर्गिय मुक्तिका निम्ति सर्बहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान लक्ष्य राखेर थालनी गरिएको जनयुद्धले गणतन्त्र स्थापना राजतन्त्रको अन्त्य अन्याय अत्याचार बिरुद्ध र नेपालको आमुल परिवर्तनका निम्ति खट्नु भएका माओवादीको तत्कालीन कमान्डर र अहिलेका प्रधानमन्त्री हुनुहुन्छ ।
टिकुलियाको लालबकैया पुल निर्माणका लागि ढिलासुस्ती किन ? के मुलुकमा परिवर्तन र बिकासको लागि अझ पनि सहिद हुनै पर्ने हो?यदि हो भने एक हप्ता भित्र लालबकैया पुल निर्माणका लागि कुनै निर्णय या ठोस सम्झौता नभए सरकारले नसोचेको कदम चाल्न बिबस हुनेछु र त्यसको सम्पुर्ण जिम्मेवार तपाईं र राज्य हुने जानकारी गराउन चाहन्छु भने स्थानीय संजय सहनीले फाल्गुन १ गते सोमबारका दिन आफ्नो फेसबूक आइडीबाट जानकारी गराएका थिए।
रौतहटको सदरमुकाम गौर -टिकुलिया लालबकैया खोलामा पप्पु कन्ट्रक्सनले अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथा शिघ्र निर्माणका लागि लालबकैया खोलाको बगरमा आज मिति २०७९ फाल्गुन १ गते सोमबार ७ बेलुकी देखि आमरण अनशन बसेको थियो।